For Community Education Since: 2048

Shape Shape

Events News Memory

Shape
Shape
Shape

श्री मञ्जुश्री जन आधारभुत विद्यालयको वार्षिक कार्यक्रम सम्पन्न

श्री मञ्जुश्री जन आधारभुत विद्यालयको वार्षिक कार्यक्रम सम्पन्न

        मिति २०८१/०३/०६ गते बिहिवार यस बिद्यालयको ३३ औ अभिभावक भेला कार्यक्रम सम्पन्न भएको थियो   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तीर्थलाल लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा निवर्तमान इन्द्रसरोवर गाउपालिका अध्यक्ष श्री जीवन लामा तथा बिशेष अतिथीको रुपमा इन्द्रसरोवर नं ५ अध्यक्ष श्री दुतराज तितुङ हुनुहुन्थ्यो छिमेकी बिद्यालय महाचुनी मा.वि. र कालीदेवी मा.वि को प्रधानाध्यापकहरु परशुराम गमाल, गोकर्ण क्षेत्री तथा विभिन्न संघ सस्थाका अध्यक्षहरु लगायत सहयोगी व्यक्तित्वहरुको आतिथ्यमा मा कार्यक्रम भएको थियो ।मिति २०८१/०३/०६ गते बिहिवार यस श्री बिद्यालयको ३३ औ अभिभावक भेला कार्यक्रम सम्पन्न भएको थियो   बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तीर्थलाल लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा निवर्तमान इन्दरसरोवर गाउपालिका अध्यक्ष श्री जीवन लामा तथा बिशेष अतिथीको रुपमा इन्दरसरोवर वडा नं ५ अध्यक्ष श्री दुतराज तितुङ हुनुहुन्थ्यो छिमेकी बिद्यालय महाचुनी मा.वि. र कालीदेवी मा.वि को प्रधानाध्यापकहरु परशुराम गमाल, गोकर्ण क्षेत्री तथा विभिन्न संघ सस्थाका अध्यक्षहरु लगायत सहयोगी व्यक्तित्वहरुको आतिथ्यमा मा कार्यक्रम भएको थियो

 

विद्यालयका प्रधानाध्यापक भरत वाइबाबाट शैक्षिक सत्र २०८० को कार्य तथा आयव्यय र आगामी सत्रका निती तथा कार्य प्रस्तुत गरिएको थियो २०८० मा कक्षा १ देखी ५ सम्मको प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण तथा कक्षा ५ उतीर्ण भई जाने सबै विद्यार्थीलाई दिक्षान्त एवम् विदाई प्रमाणपत्र प्रदान गरिएको थियो वडा नं ५ बाट ECD देखि ५ कक्षा सम्मका भाई बहिनीहरुलाई झोला वितरण गरिनुका साथै विद्यालयको तर्फबाट सरस्वती पुजाको दिन भर्ना गर्ने बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो

त्यसै गरी बिद्यालयमा लामो समय देखी कार्यरत हुनुभई सेवानिर्वित हुनु भएको श्री बिमल पोखरेललाई बिदाई तथा नयाँ जोडीनु भएको शिक्षक इन्द्र चौधरीलाई स्वागत गरिएको थियो विद्यालयलाई बिभिन्न तवर बाट सहयोग गर्नु हुने संघ सस्था तथा व्यक्तित्वहरुलाई पनि मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो

  बिद्यार्थी भाई बहिनीहरुको सास्कृतिक प्रस्तुती संगै अतिथि हरुबाट बिद्यालयलाई संदेश तथा शुभकामना प्रदान गर्नु भएको थियो सभाध्यक्ष तीर्थलाल लामा बाट कार्यक्रम बिसर्जन गरि विद्यालयको ३३ औ वार्षिक कार्यक्रम सम्पन्न गरिएको थियो

Share:

Comments

Leave a comment

Gallery

Moments to cherish & Get connected with us.

Shape
  • Google Play